• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन जिल्लामा अवरुद्ध विधुत सुचारु

तीन जिल्लामा अवरुद्ध विधुत सुचारु


समायोजन खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङसहित तीन जिल्लामा अवरुद्ध विधुत सुचारु भएको छ । बिहीबार रातीबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा अवरुद्ध विधुत शुक्रबार दिउँसोबाट सुचारु भएको हो ।

    उदयपुरको चपन जंगलदेखी खोटाङको बड्कादियालेबीच ३३ केभी प्रशारण लाईनको फल्ट मर्मतपछि विधुत सुचारु भएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।

    विधुत अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राहीहरु अन्धकारमा बस्न बाध्य बनेका थिए । यस्तै, सरकारी, गैर सरकारी, संघसंस्थाको दैनिक कामकाजमा पनि बाधा पुगेको थियो ।

    सिरहाको लहानबाट बुईपा सव–स्टेशनसम्म ३३ केभी प्रशारण लाईन ल्याइएको छ । बुईपा सव–स्टेशनबाटै सोलुखुम्बु र ओखलढुंगामा पनि सोही विधुत विस्तार गरीएको छ ।२०७७ भदौ १९ गते दिउँसो ४ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology