समायोजन खबर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन् ।२०७७ भदौ १९ गते बिहान ११ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology