• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध,अन्धकारमा बस्न बाध्य

खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध,अन्धकारमा बस्न बाध्य


समायोजन खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङसहित तीन जिल्लामा विधुत अवरुद्ध भएको छ । बिहीबार रातीबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा विधुत अवरुद्ध भएको हो ।उदयपुरको चपन जंगलदेखी खोटाङको बड्कादियालेबीचमा ३३ केभी प्रशारण लाईन फल्ट भएकाले विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।

    आज विहानैबाट प्राविधिकहरु जंगलमा पसेर फल्ट खोज्ने काम भइरहेकाले छिट्टै विधुत सुचारु हुने प्राधिकरण प्रमुख यादवले दावि गरे ।
    विधुत अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राहीहरु अन्धकारमा बस्न बाध्य बनेका छन् । यस्तै, सरकारी, गैर सरकारी, संघसंस्थाको दैनिक कामकाजमा बाधा पुगेको छ ।
    सिरहाको लहानबाट बुईपा सव–स्टेशनसम्म ३३ केभी प्रशारण लाईन ल्याइएको छ । बुईपा सव–स्टेशनबाटै सोलुखुम्बु र ओखलढुंगामा पनि विधुत विस्तार गरीएको छ ।२०७७ भदौ १९ गते बिहान ११ :५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology