समायोजन खबर खोटाङ, कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको कुल संख्या २२८ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनु भयो ।
पछिल्लो २४ घण्टामा कोरानाका कारणले ज्यान गुमाउनेहरुमा महोत्तरीमा ४ वर्षीय बालिका, गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरषसहित जम्मा सात जना रहेको गौतमले बताउनु भयो ।
प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उहाँले बताउनु भयो ।
काठमाडौं उपत्यकामा आज मात्रै थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । आजमात्रै ५८८ जना कोरोनामुमक्त भएका छन् ।२०७७ भदौ १५ गते राती ८:२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology