• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वीरगन्जमा र पाटन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

वीरगन्जमा र पाटन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु


समायोजन खबर
  • आइतबार, भाद्र १४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको थियो । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

    यस्तै, पाटन अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित २९ वर्षीय युवाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु भएका युवा ललितपुरका हुन् ।

    उपचारको क्रममा ललितपुर निवासी युवाको शनिबार राति करिब दश बजे मृत्यु भएको अस्पलाले जनाएको छ । उहाँ साउन २८ गते अस्पताल भर्ना हुनु भएको थियो । पाटन अस्पतालमा शुक्रबार राति र शनिबार गरी चार जना सङ्क्रमितको मृत्यु भएको छ ।२०७७ भदौ १४ गते बिहान ११ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology