• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपत्यकामा १८६ सहित ८८४ मा कोरोना

उपत्यकामा १८६ सहित ८८४ मा कोरोना


समायोजन खबर
  • शनिबार, भाद्र १३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ ।

    गत २४ घण्टामा थपिएका प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिराहामा २२ जना छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत काठमाडाँैमा १५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ ।

    त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा ८८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला २४२ र पुरुष ६४२ छन् ।

    हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा छ लाख ६९ हजार ६२६ पिसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।२०७७ भदौ १३ गते राती ८ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology