• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँदर धपाउने क्रममा छर्रा लाग्दा बालकको मृत्यु

बाँदर धपाउने क्रममा छर्रा लाग्दा बालकको मृत्यु


समायोजन खबर
  • शनिबार, भाद्र १३ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा बाँदर धपाउने क्रममा छर्रा लागेर एक बालकको ज्यान गएको छ । सुठुनीबारीमा आएको बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छर्रा लाग्दा ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी थापागाउँका १२ वर्षीय बालक शैलेन्द्र तामाङको ज्यान गएको हो ।

    सोही स्थानका २३ वर्षीय मानकाजी तामाङले शुक्रबार साँझ बाँदर धपाउनलाई भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लागेर शैलेन्द्रको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । प्रनाउ चिमोरियाका अनुसार ज्यान गुमाएका बालक मानकाजीकै घरमा बस्ने उनकै भतिजो थिए । बाँदर धपाउन घरबाट उनीहरु सँगै निस्केका थिए ।

    मृतकको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएकोे छ । भरुवा बन्दुक पड्काउने मानकाजी र बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
    बाबुआमा बैदेसिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि छर्रा लागेको जनाइएको छ ।२०७७ भदौ १३ गते साँझ ७ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology