समायोजन खबर खोटाङ, स्थानीय तह कार्यान्वयन भएपछि जनताले कतीका सुख पाए, विकासका संरचनाहरु कती देख्न पाए, स्थानीयले साँच्चिकै स्थानीय सरकारको महशुष गरे/गरेनन् । अनि, स्थानीय सरकारको पदमा बसेकाले जनताको माग पूरा गरे त ? यसैको सेरोफेरोमा रहेर रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलासँग समायोजन खबर डटकमले गरेको कुराकानीको संम्पादित अंश ।
नयाँ भवनमा सरेपछि कार्यालयले प्रवाह गर्ने काम कारबाही कस्तो छ ?
नयाँ भवनमा सर्नुअघि ब्यक्तिको घर भाडामा लिएर एउटै कोठाबाट सम्पूर्ण कामकाज गर्नुपर्दा धेरै असहजता थियो । किन कि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र सेवाग्राहीहरु एकै ठाउँमा हुँदा एकले अर्कालाई ठूलो डिस्र्टभ पुगेको र सेवाग्राहीहरुलाई पनि काम गर्न असहज परिस्थिती थियो । अहिले एउटै भवनमा फरक–फरक ठाउँमा सबै कार्यालयहरु हुँदा जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न धेरै सहज भएको छ । सेवाग्राहीले पनि अलगअलग कोठामा काम गर्न पाउँदा धेरै सहज भएको छ ।
हालसम्म आईपुग्दा गाउँपालिकाले विकासमा कती फड्को मा¥र्यो ?
हामी निर्वाचित हुँदाका बखत धेरै योजनाका चाङ र मागका चाङहरु थिए । जनताका मागहरु अनगिन्ती भइरहँदा हामीले गाउँपालिकाको ६ वटै वडामा केन्द्रीय विधुत लगाउन सफल भयौ । हिउँदमा मात्रै चल्ने सडक थिए । नुनथला–कुभिण्डे–हरमटार हुदै ऐसेलुखर्क जाने सडक र विजुले–लेकखर्क, दुबेकोल–ऐसेलुखर्क मुख्य सडकलाई बाहै्रमास चल्ने बनाएका छौ, कुनै कुनै वडामा काठेपोल प्रयोग गरेर बत्ती वालेका थियौ । त्यसलाई काठेपोलमुक्त वडा घोषणा गरेका छौ ।
विद्धालयहरुमा धेरै सुधार भएको छ । सवै प्रावि तहमा कम्प्युटर, फोटोकपी मेशिन, हिलटेक दिएकाछौ, ईन्टरनेट जडान गरिदिएका छौ । विषयगत शाखाका शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका छौ । कक्षा १ देखी ९ सम्म पालिकामा प्रश्नपत्र निर्माण गरेर परिक्षा प्रणालीलाई मर्यादित काम गरेका छौ । निमावि र माविको कक्षा ८ देखी १० सम्मका विधार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गरेका छौ । विधार्थीहरुलाई विद्धालय आउनका लागि प्रेरित गर्न दिवा खाजाको व्यवस्था गरेका छौ ।
बालबिकास, प्रस्तावित मावि, निमावि, माविमा अनुदान शिक्षकहरु व्यवस्थापन गरेका छौ । प्रअहरुलाई विद्धालय भ्रमण गरायौ, एउटा विद्धालयमा भएका राम्रो काम अर्को विद्धालयले अनुशरण गर्ने र नराम्रालाई परिवर्तन गरेर लैजाने गरी विद्धालयको अवलोकन ग¥र्यौ । स्वास्थ्यमा पनि धेरै उल्लेखनीय काम भएको छ । समायोजनका कारण कर्मचारी नहँुदा हामी आफैले विज्ञापन गरेर त्यसको अभाव हुन दिएनौ । वडा कार्यालयहरु व्यवस्थित बनाएका छौ । हामी निर्वाचित भएपछि धेरैभन्दा धेरै उल्लेखनीय काम गरेकै छौ
स्थानीय तहमा भ्रष्टाचार, अनियमित्ता, पार्टी निकटलाई योजना वितरणजस्ता विषयहरु व्यापक चर्चामा छन् । यहाँ कस्तो छ ?
यहाँले गाउँपालिकाका सम्पूर्ण जनतामाझ गएर सोध्न सक्नु हुनेछ । म एउटा दलबाट निर्वाचित भएता पनि मेरा वडाध्यक्षहरु बेग्लाबेग्लै दलबाट निर्वाचित छन् । दल फरक छ तर हाम्रो भिजन र मिसन जनतालाई सुखानुभूत गराउनेछ । एकै शब्दमा भन्नुपर्दा कुनै भेदभाव र पक्षपात छैन । यो त्यो नभनि समान ढंगले यस गाउँपालिकामा योजनाहरु बाडेका छौ ।
विधुत, सडक, खानेपानी, कृषि, स्वास्थ्यमा के,कस्ता प्रगती भए ?
गाउँपालिकासँग सडक सञ्जालले नजोडिएका सबै वडामा ग्रामिण सडक पु¥र्याएका छौ । विजुले–लेकखर्क, दुबेकोल–ऐसेलुखर्क सडकको विचमा पर्ने रावाखोलामा पक्की पुल नहुँदाज्यादै समस्या थियो । ठेक्का टेण्डर भएर पनि काम नगर्ने निर्माण कम्पनीलाई खोजेर ल्याएर समयमा पुल बनाएका छौ । गौरवको योजना अन्तर्गत सवै वडामा सडक पुगेको छ । विधुत, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतमा उल्लेखनीय काम गरेका छौ ।
गाउँपालिकाको सबैभन्दा बढी प्राथमिकता केमा रहेको छ ?
गाउँपालिकाले कृषिलाई नै प्राथमिकता दिएको छ । हाम्रो पालिकामा लेक र बेंशीको भूभाग भएकाले माथिल्लो भेगमा कफि पकेट क्षेत्र बनाएका छौ । अलैची पनि राम्रो उत्पादन हुन्छ । कुभिण्डेमा लिचि पकेट क्षेत्र बनाएका छौ । बेमौसमी तरकारी उत्पादनमा विशेष जोड दिएका छौ । र, हामीले पशुक्षेत्रमा नश्ल सुधार गर्न उन्नत जातका बोका ल्याएर गाउँगाउँमा वितरण गरेका छौ । उन्नत जातका सुँगुरका पाठापाठीहरु वितरण गरेका छौ ।कृषि क्षेत्रमा धेरै उल्लेखनीय काम भएको छ ।
हामीले ८४ वटा कृषि समुह निर्माण गरेर समुहमार्फत प्लाष्टिक पोखरी, महुरीका घार, बोयर जातका बोका, कुखुराका चल्लाहरु वितरण गरेका छौ । पकेट क्षेत्र निर्माण गरेर कृषिलाई बढुवा दिएका छौ । प्रमुख प्राथमिकता नै कृषि नै हो ।
काम गर्नलाई अप्ठ्यारा र चुनौतीहरु के–के छन् ?
काम गर्नलाई धेरै असजहता महशुष त हुने नै भैगो । हामी निर्वाचित भइसकेपछि समूहगत हिसाबमा समूहको काम कतव्र्य सम्बन्धी धेरै कुरा कृषकलाई थाहा नहुनु, प्रक्रियागत कुराहरु थाहा नभएर ब्यक्तिगत रुपमा योजना माग गर्नु, कर्मचारी कहिले को आउने, कर्मचारी निरन्तरता नहुने । यो हरेक हिसाबले पनि असहजता महशुष भएको छ । कार्यालय व्यवस्थापन नहुँदा पनि करीव २ वर्ष हामीले जसोतसो काम ग¥र्यौ । करीव १ वर्षजति भयो नयाँ भवनबाट सहज रुपमा काम गरीरहेका छौ । पछिल्लो समयमा हामीले हरेक कुरालाई प्रक्रियामा छिराएका छौ । अहिले काममा सहजता नै छ ।
तपाईहरुबाट जनता कतीका खुशी छन् ?
पक्कै पनि उहाँहरुलाई हामीले गरेको जुन सुशासन, पारदर्शितालाई हेर्दा उहाँहरु पक्कै पनि खुशी हुनुभएको होला । अधिकांशलाई खुशी पार्न सकिएको छैन । केही मान्छेका लक्ष्य, इच्छा, आकांक्षा, योजनाहरु अनगिन्ति छन् । त्यसलाई पनि सिमित स्रोतसाधनले गर्दा हामी साँघुरिनु परेको छ । सबैलाई माग भए अनुसार योजनाहरु वितरण गर्न नसकिएको कुराले उहाँहरु असन्तुष्टि हुनुहुन्छ होला । तर, अधिकांश रुपमा हामीले गाउँपालिकालाई आएको योजना, बजेटहरु सही किसिमले विनियोजन गरेको हुनाले उहाँहरुको गुनासाहरु यो गाउँपालिकामा छैनन् भन्ने नै लाग्छ ।
सहजतापूर्वक नै योजनाहरु सञ्चालन भएका छन् र कृषकहरु लगायत उपभोक्ताहरुको समस्या क्रमिक रुपमा गतवर्ष नभएका योजनाहरु यो वर्ष, यो वर्ष नभएका योजनाहरु अर्कोवर्ष क्रमिकरुपमा हामीले सम्बोधन गर्दै आएका छौ । उहाँहरुमा पक्कै पनि असन्तुष्टि गुनासा छैनन् भन्ने दाविका साथ भन्न सक्छु ।२०७७ भदौ १३ गते बिहान ८ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology