• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिए

प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिए


समायोजन खबर
  • बिहिबार, भाद्र ११ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा ३४ महिला र ५६ पुरुष छन् ।

    कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा ३८ कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।

    प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पिसिआर परीक्षण भई हालसम्म ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ भदौ ११ गते राती ९ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology