• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण थप ७ जनाको मृत्यु, १६४ पुग्यो मृतकको संख्या

कोरोनाका कारण थप ७ जनाको मृत्यु, १६४ पुग्यो मृतकको संख्या


समायोजन खबर
  • मंगलबार, भाद्र ९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो ।

    जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष, र रुपन्देहिका ५३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

    पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ ।२०७७ भदौ ९ गते साँझ ५ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology