• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिदा मृत्यु

ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिदा मृत्यु


समायोजन खबर
  • बुधबार, भाद्र ३ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर पोखरा, पोखरामा ड्युटीमा रहेका प्रहरीलाई जीपले ठक्कर दिंदा एक प्रहरी जवानको घटनास्थल मै मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरीको ग१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर थिएको थियो । ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    प्रहरीको मोटरसाइकलमा हिड्ने क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत प्रहरी जवान बगालेको मृत्यु हो । मोटरसाइकलका पछाडी बसेका क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते छन् ।

    उनको पोखराको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए । प्रहरीले जीप र जीप चालक पोखरा ५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको छ ।२०७७ भदौ ३ गते बिहान १०:२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology