समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५४ जनाको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरेको छ । गाउँपालिकाले मंगलबार याम्खा स्वास्थ्य चौकीको क्वारेन्टिन र बतासेस्थित भण्डारेघाट क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन गरेको हो ।
भारत तथा तेश्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका, अग्रपक्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, होटलबाट क्वारेन्टिनमा खान लैजाने ब्यक्ति, जनप्रतिनिधिको स्वाव संकलन गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीका अनुसार याम्खा स्वास्थ्य चौकीको क्वारेन्टिनबाट ३० जना र भण्डारेघाट क्वारेन्टिनबाट २४ जनाको स्वाव संकलन गरिएको छ । बुधबार विहान पीसीआर परिक्षणका लागि स्वाव विराटनगरमा पठाइने जनाइएको छ ।
गाउँपालिकाले यसअघि पहिलो चरणमा १७, दोश्रो चरणमा ३२, तेश्रो चरणमा २३ जनाको स्वाव संकलन गरेर पीसीआर परिक्षण गरेको थियो । जसमा भारतको गुजरातबाट आई बतासेको भण्डारेघाट क्वारेन्टिनमा बसेका याम्खाका २६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी हाल उदयपुर बेल्टारको आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
यो पनि, खोटाङका थप एकजनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ २ गते राती ९ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology