• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका थप एकजनामा कोरोना संक्रमण पुष्टि

खोटाङका थप एकजनामा कोरोना संक्रमण पुष्टि


समायोजन खबर
  • मंगलबार, भाद्र २ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. जागेश्वर गौतमले खोटाङका एकजनामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
    संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए पनि खोटाङबाट कसैको पनि पीसीआर परिक्षणमा स्वाव नपठाइएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिए । संक्रमित खोटाङकै भए पनि उनको स्वाव अन्य स्थानबाट परिक्षणमा गएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा हालसम्म १९ जनालाई कोरोना संक्रमण भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय दिक्तेलमा सरुवा भई आएका ६ प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जसमा १२ जना उपचारपछि घर फर्किसकेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र ६ प्रहरी जवान उपचाररत छन् ।२०७७ भदौ २ गते साँझ ६ :४६ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology