• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाढी-पहिरोपीडितका लागि कांग्रेसले खोटाङसहित ३० जिल्लामा पठायो ४५ लाख

बाढी-पहिरोपीडितका लागि कांग्रेसले खोटाङसहित ३० जिल्लामा पठायो ४५ लाख


समायोजन खबर
  • मंगलबार, भाद्र २ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले बाढी–पहिरोपीडितको उद्धार तथा राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारीदिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ३० जिल्लामा १ लाख ५० हजारका दरले ४५ लाख सहयोग दिने निर्णय भएको पौडलले बताउनुभयो ।

    कांग्रेसले पहिलो चरणमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा सहयोग रकम पठाएको हो ।

    यो रकमले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउने कांग्रेसले जनाएको छ ।२०७७ भदौ २ गते साँझ ६ :०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology