• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही होस्’

‘पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही होस्’


समायोजन खबर
  • बुधबार, साउन २८ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रवीन्द्र शाहको समूहले एक्कासि टाउकामा प्रहार गरी घाइते बनाएका थिए ।

    “कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेस विरोधी काम हो, महासङ्घ घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । साथै महासङ्घले घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।२०७७ साउन २८ गते साँझ ६ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology