समायोजन खबर खोटाङ,नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले कार्यालयमा झिकाएर नागरिकता दिएको हो ।
वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । प्रजिअ पुरीले भन्नुभयो,‘‘ यसअघि नै नागरिकताको लागि पहल हुनुपर्ने हो तर त्यो के कारण हुन सकेन, वृद्धा अवस्थामा नागरिकता नभएका कारण राज्यको सेवासुविधाबाट वञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणका लागि पहल गरेँ र आज वितरण गरियो। अब उहाँलाई राज्यबाट लिइने सेवासुविधा लिने बाटो खुलेको छ ।’२०७७ साउन २८ गते बिहान ९ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology