• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ


समायोजन खबर
  • मंगलबार, साउन २७ २०७७

  • सिंहदरबार ।

    समायोजन खबर खोटाङ, काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

    फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो । उक्त बुथको आज एक कार्यक्रमबीच हास्य कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु र अभियानका अध्यक्ष करन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    सिंहदरबार परिसरमा आवतजावत गर्ने सर्वसाधरणले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् । जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षरोपनसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना फैल्याउने काम भइरहेको छ । अभियानका अध्यक्ष श्रेष्ठले आफू रहने स्थल र टोलहरुमा सबैले यस्तै स्यानिटाइजर बुथको स्थापना गर्न सकिए कोरोनाको जोखिमलाई केही कम गर्न सकिने बताए। यस्ता अभियानमा युवापुस्तालाई प्रेरित गर्न लागिपरेको पनि उनले बताए ।२०७७ साउन २७ गते दिउँसो ३ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology