समायोजन खबर खोटाङ, गोंगबु हत्याको मुख्य अभियुक्त कमला मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ ।मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कमला मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरि फरार रहेकि कमला मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो ।
प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापुर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो । गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।
कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाण्डौ ल्याइ आज सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ । अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।
प्रहरी सँगको बयानमा नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौँ प्रहरीले बताएको छ ।२०७७ साउन २७ गते दिउँसो १२ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology