समायोजन खबर, संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।
दुबईबाट आएको एयर इन्डियाको विमान केरलस्थित कोझिकोड विमानस्थलमा अवतरणका क्रममा उछिट्टिएको थियो।दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ । उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ ।
विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ । पाइलट सहित कम्तीमा दुई जनाको ज्यान गएको बताइएको छ तर यकिन विवरण आउन बाँकी छ । स्थानीय समयानुसार साँझ दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो। सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो। एजेन्सी ।२०७७ साउन २३ गते राती १० :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology