समायोजन खबर खोटाङ, खोटाङमा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी कारागार चलान भएका छन् । एकवर्ष अघि जिल्ला अदालतबाट कैद भुक्तानका लागि फैसला भए पनि फरार रहेका दुईजना शुक्रबार कारागार चलान भएका हुन् ।
जिल्ला अदालतबाट २०७६ जेठ ७ गते फैसला भए पनि फरार रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका २८ वर्षीय जाफुरी शेर्पा र सोही स्थानका २४ वर्षीय फुर्वा शेर्पालाई शुक्रबार घरबाटै पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता गोविन्द प्रसाद शाहले जानकारी दिए । दिक्तेलबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको शाहले जानकारी दिए ।
अदालतले फूर्वालाई ६ महिना कैद, २ हजार नगद र जाफुरीलाई ३ महिना कैद फैसला गरेको थियो ।२०७७ साउन २३ गते राती ९ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology