समायोजन खबर खोटाङ, आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँका अनुसार राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम छ ।
तर स्थानीय वायु पनि मिसिंदा कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना छ । नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ ।२०७७ साउन २१ गते बिहान १० :४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology