समायोजन खबर खोटाङ, संखुवासभाको खाँदबारी नगरपालिका-१ को एक होटलमा जुवा खेलिरहेको अवस्थामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक सुनिलकुमार श्रेष्ठ, चिचिला गाउँपालिका-३ का वडा सदस्य आशिष राई, मकालु गाउँपालिका-१ का लाक्पा शेर्पा र चैनपुर नगरपालिका-२ का मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो ।
उहाँका अनुसार, होटलभित्र जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी पुग्दा रङ्गेहात ४ जना मानिसहरुसहित ४४ हजार दुई सय पाँच रुपैयाँ नगद र १५६ पत्ती (तीन बुक) तास पक्राउ गरेको हो । उनीहरु चारै जनालाई जुवाजन्य मुद्दामा सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।२०७७ साउन २० गते दिउँसो १ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology