• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शुभद्रा मदन फाउण्डेशनमा बन्दैछ ‘अर्गानिक बजार’

शुभद्रा मदन फाउण्डेशनमा बन्दैछ ‘अर्गानिक बजार’


समायोजन खबर
  • सोमबार, साउन १९ २०७७

  • सोल्मामा अवस्थित शुभद्रा मदन फाउण्डेशनले निर्माण गरेको अर्गानिक बजार ।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा अवस्थित शुभद्रा मदन फाउण्डेशनले निर्माण गरेको अर्गानिक बजारको काम तीव्रगतीमा अगाडी बढेको छ । बजार र सेवा शिक्षाका लागि फाउण्डेशनले निर्माण गरेको अर्गानिक बजारको काम तीव्रगतीमा अघि बढीरहेको हो ।
    फाउण्डेशनले सञ्चालन गरिरहेको जनजागृती विद्धालय परिसरमा गतवर्षको १५ चैतबाट निर्माण थालिएको अर्गानिक बजारको ६० प्रतिशत काम सम्पन्न भएको शुभद्रा मदन फाउण्डेशनका प्रवन्ध निर्देशक सुर्य राईले बताए । कोरोना महामारीकोविचमा पनि स्थानीय स्तरमा र वाहिर पाइने निर्माण सामग्रीहरु जुटाएर धमाधम काम गरिएको राईले बताए । बजारको संरचनाको सम्पूर्ण काम जनजागृती विद्धालयका शिक्षक र विधार्थीहरुले गरेका हुन् ।
    करीव १ करोड लगानीमा तयार हुने सरंचनाका लागि कृषि मन्त्रालय प्रदेश १ सरकारले २० लाख अनुदान दिएको छ । आगामी मंसिरमा औपचारिक रुपमा उद्घाटन लक्ष्य राखेर बनाइएको संरचानको लागि आवश्यक निर्माण सामग्रीहरु खरीद गरिसकिएको छ । अब, सेटिङ र फिनिसिङको काम बाँकी रहेको प्रवन्ध निर्देशक राईले सुनाए ।
    तीन तलाको बन्ने बजारको पहिलो तलामा होटल, दोश्रो तलामा अर्गानिक बजार र तेश्रो तलामा रेष्टुरेण्ट सञ्चालन हुनेछ । कृषिविज्ञ मदन राईको परिकल्पनामा सोल्मा डाँडागाउँमा २०६८ सालदेखी सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र पढेकालाई हुबहु व्यवहारमा उतार्र्दै आएको विद्धालयमा अध्ययनरत विधार्थीले उत्पादन गरेका र विधालयले तालिम दिएका अभिभावकबाट उत्पादन भएको खाद्य तथा तरकारीहरु बजारमा राखेर विक्री गरिनेछ ।२०७७ साउन १९ गते राती ९ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology