समायोजन खबर खोटाङ, लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ ।
लगानी बोर्डमा उहाँको कार्यकाल चार वर्षको हुनेछ । बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि यो पद खाली रहेको थियो ।बोर्डले आवेदन माग गरेको थियो । विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।
विदेशी लगानी छोटो प्रक्रियाबाट भित्र्याउन र सहजीकरण गर्न तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको कार्यकालमा लगानी बोर्डको गठन भएको हो । बोर्डले ६ अर्ब रुपैयाँभन्दा माथिका परियोजना र दुई सय मेगावाटभन्दा माथिको जलविद्युत् आयोजनाको स्वीकृति र सहजीकरण गर्दछ ।२०७७ साउन १९ गते राती ८ :४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology