• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जातीय छुवाछुत विरुद्धमा उत्रियो ‘संयुक्त संघर्ष समिति’

जातीय छुवाछुत विरुद्धमा उत्रियो ‘संयुक्त संघर्ष समिति’


समायोजन खबर
  • आइतबार, साउन १८ २०७७

  • जातीय छुवाछुत विरुद्धको संघर्ष कार्यक्रम सार्वजनिक गर्दै संयुक्त संघर्ष समितिका संयोजक दिपक ठटाललगायत ।

    समायोजन खबर खोटाङ, खोटाङमा जातीय छुवाछुत विरुद्ध संघर्षको कार्यक्रम लिएर ‘संयुक्त संघर्ष समिति’ अगाडी बढेकोे छ । ‘उच्च जाती भनिएकाहरुले संञ्चालन गरेको राज्य सत्ताले कहिल्यै पनि मानिस एउटै हुन्छ र जातीय छुवाछुत गर्नु भनेको सामाजिक अपराध हो ।’भन्ने जागरण अभियान अहिलेसम्म सञ्चालन नगरेका कारण विभिन्न संघर्षको कार्यक्रम लिएर ‘संयुक्त संघर्ष समिति’ जातीय छुवाछुत विरुद्ध अगाडी बढेको हो ।
    आईतबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै समितिले २० भदौबाट चैतसम्मका जातीय छुवाछुत विरुद्धको संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । १५ असोजसम्म दश स्थानीय तहमा पालिका स्तरीय संघर्ष समिति गठन गरेर अन्य विभिन्न कार्यक्रमहरु तय भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
    समितिले भदौ २० गते साकेला गाउँपालिका, २२ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका, २४ गते खोटेहाङ गाउँपालिका, २६ गते जन्तेढुंगा गाउँपालिका, २८ गते बराहपोखरी गाउँपालिका, असोज १ गते हलेसी तुवाचुङ नगरपालिका, ३ गते रावाबेंशी गाउँपालिका, ५ गते ऐसेलुखर्क गाउँपालिका, ७ गते केपिलासगढी गाउँपालिका र असोज १० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पालिका स्तरीय संघर्ष समिति गठन गर्ने संयुक्त संघर्ष समितिका संयोजक दिपक ठटालले जानकारी दिए ।

    यस्तै, असोज २५ गते जिल्ला स्तरीय अन्र्तक्रिया, कात्र्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्र्तक्रिया, मंसिर १३ गते पालिका स्तरीय कमिटिहरुसँग जिल्लामा अन्र्तक्रिया, पौष २ गते जिल्लाका सबै वडामा एकै दिन वडा संघर्ष समिति गठन गर्ने, पौष र माघ मसान्तसम्म पालिका स्तरमा प्रशिक्षण, तालिम, गोष्ठि, अन्र्तक्रिया, फागुन १ देखी मसान्तसम्म मार्चपास, मसाल जुलुस, खुला आमसभा, विभिन्न दवावमूलक कार्यक्रम तथा चैतभरी समिक्षा र आगामी कार्यक्रमको तयारी गरिने संयोजक ठटालले बताए ।
    ‘संयुक्त संघर्ष समिति’मा दलित समुदाय मात्रै भएर उत्पीडनमा परेका सबैलाई अटाइएको छ । नेपाल आदिवासी जनजाती महासंघले पनि जातीय छुवाछुत विरुद्धको अभियानमा ऐक्यवद्धता जनाएको महासंघका अध्यक्ष हात्तिराम राईले बताए । छुवाछुत विरुद्धको अन्तिम लडाइँ दलित लडाइँ हुने जिल्ला समन्वय समितिका सदस्य चर्च बहादुर विश्वकर्माले बताए । दलित दलितविचमा कुनै पनि विभेद नभएको प्रष्ट पार्दै सदस्य विश्वकर्माले मुलुकमा महिला र पुरुष मात्रै फरक जात भएको बताए ।२०७७ साउन १८ गते राती ९ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology