• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपदमा मृत्यु हुनेको परिवारलाई दुई लाख दिइने

विपदमा मृत्यु हुनेको परिवारलाई दुई लाख दिइने


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडा ।

    समायोजन खबर खोटाङ, सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एकजना सदस्यको विपदमा परी मृत्यु भएमा दुई लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताउनभुयो ।

    राहत वितरण गर्दा कतै दोहोरिने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाटै राहात जाँदा कहीँ दोहोरो तेहेरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर एकद्वार भनिएको हो । राहतमा हामीले पट्के निर्णय गर्दा मन्त्रिपरिषद्मा आइराख्ने र ढिलो हुने र राहत पाउन पनि महिनौं लाग्ने र सरकार पनि आलोचित हुने । त्यो नहोस् भनेर अहिलेचाहिँ मापदण्ड तयार गरिएको हो ।’ उहाँले मानवीय क्षतिबाहेक घर, आवास, बाली, अन्य अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताउनुभयो ।२०७७ साउन १६ गते बिहान ११ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology