• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तकोशीमा ४६ ढोका खोलियो, तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह

सप्तकोशीमा ४६ ढोका खोलियो, तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह


समायोजन खबर
  • मंगलबार, साउन ६ २०७७

  • कोशी ब्यारेज। फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सप्तकोशी नदीको ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएको छ । बाढीले खतराको तह पार गरेपछि ४६ वटा ढोका खालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोशी नदीमा मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

    कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

    जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा भोली विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।२०७७ साउन ६ गते बिहान ८ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology