• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाढी पहिरोमा परी हराइरहेका ४० जनाको खोजी हुँदै

बाढी पहिरोमा परी हराइरहेका ४० जनाको खोजी हुँदै


समायोजन खबर
  • मंगलबार, असार ३० २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, वर्षायाम सुरु भएसँगै देशैभरि बाढी पहिरोको घटना भइरहेको छ । अहिले देशका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर हराइरहेका ४० जनाको खोजी भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ४ को खहरेमा गएको पहिरोमा परि तत्कालीन बिर्घा गाउँ विकास समितिका अध्यक्ष ईमानसिंह रानाको ज्यान गएको छ ।

    मङ्गलबार बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न जानुभएका ७० वर्षीय रानासहित पाँच जनालाई पहिरोले पुरेको थियो । पुरिएकामध्ये एक जनाले भागेर ज्यान बचाएका छन् । तीन जना अझै हराइरहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    बेपत्ता हुनेहरुमा ६० वर्षीय प्रेमचन्द्र पाण्डे, ६० वर्षीय जिमान्सिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा रहेका छन् । त्यस्तै त्यही खहरे खोलाले धार परिवर्तन गर्दा चार घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । तनहुँमा पहिरोमा परि १० जनाको ज्यान गएको छ । दुई जना अझै हराइरहेका छन् । पहिरोले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता भएका छन् ।

    यसैबीच सङ्खुवासभाको सिलिचोङमा शनिबार राति गएको पहिरोमा परि ११ जना हराइरहेका छन् । पहिरोबाट विस्थापित ७३ घर परिवारलाई राहत सामग्रीसमेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ । यस्तै सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि हराइरहेका २० जना र म्याग्दीमा पहिरोमा हराइरहेका चार जना पनि अझै भेटिएका छैनन् ।२०७७ असार ३० गते अपरान्ह ३ :१८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology