• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नौ लाखबढी घुस सहित पक्राउ

सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नौ लाखबढी घुस सहित पक्राउ


समायोजन खबर
  • मंगलबार, असार ३० २०७७

  • घुससहित पक्राउ परेका श्रेष्ठलाई कार्यालयबाट बाहिर निकाल्दै अख्तियारको टोली र प्रहरी । तस्विर चिसाङ शेर्पा ।

    समायोजन खबर खोटाङ, सेवाग्राहीबाट घुस लिईरहेको अवस्थमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गरेको हो । अख्तियारको टोलीले श्रेष्ठलाई घुस रकम सहित कार्यालयबाटै पक्राउ गरेको हो ।

    श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको अख्तियारको टोलीले बताएको छ । हाल जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन ।
    बरामद गरेको रकम र पक्राउ परेका श्रेष्ठको स्वास्थ्य परिक्षण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाण्डौ लगिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले समायोजन खबरलाई जानकारी दिनुभयो ।
    प्रमुख श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ । यसअघि पनि सिंचाईका प्राविधिक तथा कर्मचारीहरुले सेवाग्राहीलाई काममा अनावश्यक झुलाउने र पैसामा बार्गेनिङ गर्ने गरेको खुलासा भएको छ ।२०७७ असार ३० गते दिउँसो २ : ३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology