समायोजन खबर खोटाङ, सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको तर अहिले कहाँ पुगेका छन् भन्ने थाहा नभएको सुवेदीले बताउनुभयो ।
दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०र१२ लाखको सङ्ख्यामा सलह किरा रहेको उहाँले बताउनुभयो । सलहले प्युठान, अर्घाखाँचीलगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।२०७७ असार २८ गते राती ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology