समायोजन खबर खोटाङ, सरकारले सय गन्तब्य सूचिमा राखेको खोटाङको पर्यटकीय तथा धार्मिकस्थल बराहपोखरीको दुर्लभ रातो माछा चोरी गर्ने दुईजना पक्राउ परेका छन् । शुक्रबार बिहान माछा मार्दै गरेको अवस्थमा उनीहरुलाई बराहपोखरी चौकीको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका ५७ वर्षीय प्रेम बहादुर राई र सोही स्थानका २७ वर्षीय जित बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता गोविन्द शाहले जानकारी दिए ।
अन्दाजी २० केजी रातो माछा चोरी गर्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई चिसापानी प्रहरीमार्फत थप अनुसन्धानका लागि जिल्ला प्रहरीका कार्यालयमा ल्याइदै छ ।२०७७ असार २८ गते बिहान ११ : ५७मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology