समायोजन खबर खोटाङ, आज पनि देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ । त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाका मौसमविद निराजन सापकोटाले आग्रह गर्नुभएको छ । यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा हुने ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन् ।२०७७ असार २७ गते बिहान ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology