• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कास्की र म्याग्दीमा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु

कास्की र म्याग्दीमा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु


समायोजन खबर
  • शुक्रबार, असार २६ २०७७

  • बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिज ।

    समायोजन खबर खोटाङ, कास्कीमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा(१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।
    उता, बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

    यसैगरी, धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएको प्रजिअ ढकालले बताए । उनले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ । बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको छ ।२०७७ असार २६ गते मध्यान्ह १२ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology