• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोक बाढी पहिरो : ४ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

सिन्धुपाल्चोक बाढी पहिरो : ४ जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो


समायोजन खबर
  • बिहिबार, असार २५ २०७७

  • समायोजन खबर खोटाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ ।

    बाह्रबिसेका सुबेस तामाङ र सविता बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत कैलाश अस्पतालमा र भोटेकोशीका फुर्वा तामाङ र एक शिशुलाई माउन्टेन हेलिकप्टरमार्फत ह्याम्स अस्पतालमा लगिएको हो ।

    पहिरोमा परि अहिलेसम्म दुई जनाको शव भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ, जम्बोमा दुई जनाको शव भेटिएको हो । पहिरोमा परि अझै २० जना हराइरहेका छन्, उनीहरुको उद्धार भइरहेको छ । उद्धारको लागि पालिका र अरु निकायबीच समन्वय भइरहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधव काफ्लेले जानकारी दिनुभयो ।

    बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले घरसँगै बस, ट्रक, स्कर्पियो र ट्याङ्कर गरी चार वटा गाडी पनि बगाएको छ ।२०७७ असार २५ गते दिउँसो ४ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology