• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गायक धर्मराज पोखरेल भन्छन् : ‘नाचन ओई मैच्याङ’

गायक धर्मराज पोखरेल भन्छन् : ‘नाचन ओई मैच्याङ’


समायोजन खबर
  • बुधबार, असार २४ २०७७

  • समायोजन खबर खोटाङ, गायक धर्मराज पोखरेलको आवाजमा सजिएको तामाङ सेलो गीत र सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ नेपाली लोकगीत तथा अन्य विधाका गीतमा आवाज दिएका गायक पोखरेलको स्वरमा आवद्ध ‘नाचन ओई मैच्याङ’ वोलको सेलो गीत बुधबार सार्वजनिक भएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थानीय लोक गायक पोखरेलको एकल आवाजमा रहेको गीतमा शब्द संगीत योगेश मोक्तानको रहेको छ । सुन्दर लामाको एरेन्जमा तयार भएको गीत र म्युजिक भिडियोले दर्शक तथा श्रोताको भरपुर मन जित्ने गायक पोखरेलले बताए ।म्युजिक भिडियोमा गायक पोखरेल, शंकर बि.सी र रितु तामाङले अभिनय गरेका छन् । दुर्गा पौडेलले खिचेको म्युजिक भिडियोलाई शंकर बि.सीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो धर्मराज पोखरेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । समाजसेवी र ईन्जिनियर समेत रहेका गायक पोखरेलले पछिल्लो समय नेपाली लोकगीत क्षेत्रमा आशा लाग्दो काम गरीरहेका छन् ।

    म्युजिक भिडियो

    २०७७ असार २४ गते साँझ ६ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology