समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड-१९) बाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो ।
उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।२०७७ असार २० गते साँझ ७ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology