• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मंगलबार ३१६ जनामा कोरोना,१३ हजार ५६४ पुग्यो सङ्क्रमितको सङ्ख्या

मंगलबार ३१६ जनामा कोरोना,१३ हजार ५६४ पुग्यो सङ्क्रमितको सङ्ख्या


समायोजन खबर
  • मंगलबार, असार १६ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको छ । जसमा एक हजार ६ सय ५७ महिला र ११ हजार नौ सय सात रहेका छन् । मङ्गलबार तीन सय १६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १३ हजार पाँच सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार ७१ महिला र दुई सय ४५ पुरुष गरी तीन सय १६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मङ्गलबार सबैभन्दा बढी सुदूरपश्चिममा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । त्यहाँ दुई हजार चार सय ५७ सङ्क्रमित रहेका छन् ।

    यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी तीन हजार आठ सय सात जना सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल तीन हजार सात सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म एक हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी एक हजार चार सय ३६ जना सङ्क्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल पाँच सय ९५ र वाग्मती प्रदेशमा आज १६ गरी कुल चार सय २८ सङ्क्रमित रहेका छन् ।

    पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार सात सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख २८ हजार तीन सय ४१ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट आजसम्म दुई लाख ९७ हजार आठ सय ७१ जनाको परीक्षण भएको छ ।

    अहिले देशभरिका क्वरेण्टीनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार तीन सय ४१ जना आइसोलेशनमा उपचाररत रहेका छन् । मङ्गलबार नौ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ७७ महिला र दुई हजार नौ सय १७ पुरुष गरी तीन हजार एक सय ९४ जना रहेको छ । त्यस्तै कोरोना सङ्क्रमणको कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या २९ रहेको छ ।२०७७ असार १६ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology