• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउन ७ गतेसम्म अहिलेकै लकडाउन लम्ब्याउने सरकारको निर्णय

साउन ७ गतेसम्म अहिलेकै लकडाउन लम्ब्याउने सरकारको निर्णय


समायोजन खबर
  • मंगलबार, असार १६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, अहिले कायम भइरहेको लकडाउनलाई साउन ७ गतेसम्म थप्ने सरकारले निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् । सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् ।

    यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वरेन्टिनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ ।

    असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला भएको छ ।२०७७ असार १६ गते बिहान ७ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology