• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी हवल्दारले गोली हानी आत्महत्या गरे

प्रहरी हवल्दारले गोली हानी आत्महत्या गरे


समायोजन खबर
  • सोमबार, असार १५ २०७७

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् ।

    खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधिश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिएका सुरक्षाकर्मी हुन् ।
    सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार अदालतको छतमा गएर खतिवडाले आफुसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए । दाहिने कन्चटमा गोली हानी गम्भिर अवस्थाका बिच उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
    गम्भिर अवस्थाका खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।२०७७ असार १५ गते राती १०:३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology