• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धान दिवसका दिन खोटाङमा सडकमै रोपाइँ

धान दिवसका दिन खोटाङमा सडकमै रोपाइँ


समायोजन खबर
  • सोमबार, असार १५ २०७७

  • सडकमै रोपाइँ गर्दै स्थानीयहरु । तस्विर समायोजन खबर

    समायोजन खबर खोटाङ, सडक हिलाम्मे भएर हिड्नै गाह्रो भएपछि स्थानीयहरुले सडकमै रोपाइँ गरेका छन् । मुलुकभर धान दिवस मनाइरहेकाबेला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अस्पताल चोक–दोर्पा दुम्ली सडक खण्डको थर्पुचोकदेखि बानियाँचोकबीचको हिलाम्मे सडकमा स्थानीयले स्वस्फुर्त रोपाइँ गरेर विरोध जनाएका छन् ।
    हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय सुमन आचार्यले बताए । असन्तुष्ट स्थानीयले भगत आचार्य, किशोर आचार्य, सन्तोष आचार्य, बाबुराम आचार्य लगायतको घर अगाडिको हिलाम्मे सडकमा धान रोपेर बिरोध जनाएका हुन् । वर्षाकाबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको आचार्यले बताए ।

    अर्का स्थानीयका अनुसार थर्पुचोकदेखि बानियाँचोकबीचको ग्राभेल भएको सडक नगरपालिकाले भत्काएर हिलाम्मे बनाएपछि करीव ३० मिटर सडकमा दाँते लगाएर रोपाइँ गरी नगरको कामप्रति सांकेतिक विरोध गरिएकोे बताए । केही समयअघि ईन्जिनियर आएर करीव २ सय मिटर नापजाँच गरेर ढलान गर्ने भन्दै स्काभेटर लगाएर ग्राभेल उक्कायो तर ढलानको काम भएन, स्थानीय भन्छन्, “भत्काएपछि ढलान अन्यत्रै गरियो ।”
    साविकको गोरेटो बाटोलाई सडक बनाइए पनि स्तरोन्नती नहुँदा सडकको पेटीबाट हिँड्नुपर्ने वाध्यता रहेको उनीहरुको भनाई छ । धान दिवसका दिन सडकमै रोपाइँ भएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्विरलाई पोष्ट गर्दै सामाजिक सञ्जालमा विभिन्न किसिमका तर्कहरु आईरहेका छन् । कतीपयले सोही सडक आसपासका स्थानीय वासिन्दाले घडेरी खनेर सडकमा माटो थुपारेकाले पानी परेपछि हिलाम्मे भएको बताएका छन् । कतिपयले रोपाइँ गर्नेहरुको आलोचना गरिरहेका छन् ।
    यस विषयमा थप बुझ्न दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यलाई सम्पर्क गर्दा फोन उठेन । यस्तै, यहि विषयमा बुझ्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुखसँग सम्पर्क गर्दा फोन उठेन ।२०७७ असार १५ गते राती १० :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology