समायोजन खबर खोटाङ, मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मलिण्डो एअरले सरकारले तोकेकोभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तोमा ल्याइदिने भएको छ । हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले तोकेको भाडाभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तो भाडादर मलिण्डो एअरले तोकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
मलेसियाबाट काठमाण्डौ आउने चार्टर्ड उडानको भाडादर हिमालय र नेपाल एअरलाइन्सको १५ सय ९० मलेसियन रिंगिट अर्थात आजको विनिमयदर अनुसार ४४ हजार ७९५ रुपैयाँ रहेको छ ।
तर मलिण्डो एअरले १५ सय मलेसियन रिंगिंट अर्थात आजको विनिमय दर अनुसार ४२ हजार २२५९ रुपैयाँ तोकेको छ । एअरलाइन्स वा अन्य एजेण्ट कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । कुनै बहानामा बढी भाडा मागेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।२०७७ असार १४ गते मध्यान्ह १२ : २८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology