समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा महिलाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ । वडा कार्यालय अर्खौलेको महिला लक्षित कार्यक्रम अन्तर्गत शनिबारबाट प्रहरी चौकी नजिक रहेको महिला भवनमा तालिम सुरु भएको हो ।
तालिमको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले एकसाथ उद्घाटन गरेका छन् । तालिममा ७० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई शैद्धान्तिक र प्रयोगात्मक विधिबाट कम्प्युटर सम्बन्धि आधारभूत (बेशिक) कोर्ष सिकाइने जनाएको छ ।
तीन महिनासम्म सञ्चालन हुने तालिमको प्रशिक्षण हाललाई नगरपालिकाको आईटी शाखाले गर्नेछ । कम्प्युटर सिप अनिवार्य आवश्यकता भएकाले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । हर कुरा प्रविधिमैत्र छ । किचनदेखी शौचालयसम्म प्रविधिको प्रयोग छ । नगरप्रमुख राईले भने, “विज्ञान प्रविधिको जमानामा कम्प्युटर चलाउन जान्नु अनिवार्य आवश्यकता भएकाले तालिमको आयोजना गरिएको हो ।” २०७७ असार १३ गते साँझ ७ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology