समायोजन खबर खोटाङ, आज रसुवामा कोरोना संक्रमित फेला परेसँगै नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । रसुवामा सङ्क्रमण देखिएसँगै नेपालभर कोरोना फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको हो । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।
यसैबीच कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र उनमा सङ्क्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।२०७७ असार १३ गते साँझ ५ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology