• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

खोटाङको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध


समायोजन खबर
  • शनिबार, असार १३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । उदयपुरको चित्रे टावरमा रहेको रेडियो लिङ्कमा समस्या आएका कारण करीव एक हप्तादेखी पश्चिमी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
    चित्रे टावरमा रहेको रेडियो लिङ्कमा हप्तादिन अघिदेखी खरावी आएका कारण ति क्षेत्रमा प्रिपेड, पोष्टपेड र स्काई मोवाइल नचलेको नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले जानकारी दिए ।
    खरावी आएको रेडियो लिङ्क फेर्ने तयारी गरिएको भएपनि वर्षाका कारण चित्रे टावरसम्म पुग्न कठिनाइ भएकाले केही दिन ढिला भएको उनको भनाई छ । केही दिन भित्रमा टेलिफोन संचालनमा ल्याइने बताए ।
    पश्चिमी क्षेत्रका हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिमा र रावाबेंसी गाउँपालिकामा टेलिफोन पूर्णरुपमा अवरुद्ध छ । ति स्थानका कुनै–कुनै ठाउँमा भने ओखलढुङ्मा रहेको टावरले काम गरिरहेको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि सरकारी, गैर–सरकारी र व्यक्तीगत काम प्रभाबित भएको छ ।२०७७ असार १३ गते बिहान १० :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology