• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शुक्रबार ५९३ जनामा कोरोना, एकको मृत्यु

शुक्रबार ५९३ जनामा कोरोना, एकको मृत्यु


समायोजन खबर
  • शुक्रबार, असार १२ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, नेपालमा आज (शुक्रबार) पाँच सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण देखिएको हो ।

    अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

    मन्त्रालयका अनुसार आजसम्म नेपालमा ११ हजार सात सय ५५ जनामा सङ्क्रमण देखिएको हो । रसुवाबाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण देखिँदा अहिलेसम्म दुई हजार ६ सय ९८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन् ।२०७७ असार १२ गते दिउँसो ४ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology