• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तरीमा चटयाङ लागेर ४ जनाको मृत्यु

सप्तरीमा चटयाङ लागेर ४ जनाको मृत्यु


समायोजन खबर
  • बिहिबार, असार ११ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,  सप्तरीमा चट्याङ लागेर बिहीबार बिहान ४ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादव , महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव राजगढ गाउँपालिका १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जनाए । त्यस्तै राजगढ गाउँपालिकामा १ जना घाईते भएको भारतीले बताएको छ ।

    मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक/एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार घटनाबाट मर्माहत भएको बताउँदै परिवारलाई एक–एक लाख रुपैयाँ दिने बताए ।२०७७ असार ११ गते मध्यान्ह १२ : १८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology