समायोजन खबर बझाङ, यहाँ एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका(७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए ।भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । अध्यक्ष धामीका अनुसार युवक ८ गते बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए । मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ ।२०७७ असार ९ गते मध्यान्ह १ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology