समायोजन खबर खोटाङ, कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।
यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।
यस्तै आज अस्ट्रेलियबाट २७५ जना नेपाली स्वदेश फर्कंदैछन् । अस्ट्रेलियाको सिड्नीबाट त्यहाँ कोरोनाको कारण समस्यामा परेका नेपालीको उद्धारका लागि पहिलो चार्टर्ड उडानमार्फत आज २७५ जना फर्कंदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।२०७७ असार ९ गते मध्यान्ह १२ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology