• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो,१७ सय ७२ डिस्चार्ज

कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो,१७ सय ७२ डिस्चार्ज


समायोजन खबर
  • आइतबार, असार ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका(५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

    प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो।

    ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

    आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमित ९०२६ मध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् । आइतबार मात्र ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ। जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन्।
    २०७७ असार ७ गते साँझ ७ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology