• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम


समायोजन खबर
  • आइतबार, असार ७ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, नेपालमा मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । लगातारजसो झरी पर्न थालेपछि जमिन भिज्न थालेको छ ।
    जमिनले पानी सोसेपछि पहाडमा पहिरो र तराईमा बाढी तथा डुबान हुन थालेको मौसमविद् बरुण पौडेलले बताए। ठूलो पानी परेको बेला नदी तथा खोलाखोल्सामा एक्कासी पानीको बहाव बढ्ने, पहाडमा पहिरो खस्ने, ढलको उचित निकास नभएका ठाउँमा सडक भत्कने र डुबान हुने भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएको छ । प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायु र थोरै ठाउँमा पश्चिम वायुको प्रभाव रहेको छ । आज बेलुका प्रदेश १, २ र वाग्मतीमा ठूलो पानी पर्ने सम्भावना छ । राति पनि सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली तथा बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।२०७७ असार ७ गते बिहान ८ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology